दफा ८
संस्थाको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त संस्थाका काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) न्यून आय भएको व्यक्तिहरूलाई समूह गठन गर्न प्रोत्साहन गर्ने,
(क१) समूह वा समूह सदस्यबाट लघुबचत सङ्कलन गर्ने,
(ख) समूह वा समूहको सदस्यलाई लघुव्यवसाय सञ्चालन गर्न कुनै चलअचल सम्पत्ति सुरक्षण वा जमानत लिई वा नलिई लघुकर्जा दिने,
(ग) नेपाल सरकार वा बैङ्क वा स्वदेशी वा विदेशी संघ, संस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघुकर्जा वितरणमा वा सो कार्यलाई प्रभावकारी बनाउने काममा प्रयोग गर्ने,
ड्डतर संस्थाले विदेशी संघ, संस्था आदिबाट ऋण अनुदान वा जनुसुकै सहयोग प्राप्त गर्दा बैङ्क मार्फत नेपाल सरकारको स्वीकुत लिनुपर्नेछ ।
(घ) लघुकर्जा उपलब्ध गराउनु अघि जुन कार्यको लागि कर्जा माग भएको हो सो सम्बन्धी कार्यको मूल्यांकन गर्ने र त्यस्तो कार्यको सम्भाव्यता छ छैन पहिचान गर्ने,
(ङ) न्यून आय भएको व्यक्तिको आर्थिक स्थितिमा सुधार हुने खालका लघुव्यवसा बारे प्रचारप्रसार गर्ने,
(च) लघुव्यवसायको सम्बन्धमा गोष्ठी सञ्चालन गर्ने, परियोजना तर्जुमा गर्न प्रशिक्षण दिने, सहयोग गर्ने, प्राविधिक ज्ञान दिलाउने र आवश्यकता अनुसार प्राविधिक सहयोग जुटाउने,
(छ) लघुबचत तथा लघुकर्जा परिचालन सम्बन्धमा समूहलाई आवश्यक सेवा प्रदान गर्ने,
(ज) लघुकर्जा समयमा नै असूलउपर गर्नेतर्फ आवश्यक कारबाही गर्ने,
(झ) लघुकर्जाका उचित प्रयोग भए नभएको सम्बन्धमा समय समयमा जाँचबुझ गर्न र जाँचबुझ गर्दा उचित प्रयोग भएको नदेखिएमा आवश्यक निर्देशन दिने वा आवश्यक कारवाही गर्ने,
(ञ) लघुबचत सङ्कलन तथा लघुकर्जा वितरण सम्बन्धमा तोकिएबमोजिमको अन्य काम गर्ने,
(ट) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको एजेन्ट भई काम गर्ने ।